कांग्रेसका सात विषयगत उपसमितिमा तोकियो संयोजक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा उपसमितिका संयोजक तोकेको छ । प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले सात वटा विषयगत उपसमितिका संयोजक तोकेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

उनका अनुसार, अर्थ योजना उपसमितिको संयोजकमा प्रा.डा. गोविन्दराज पोखरेल चयन भएका छन् । यस्तै, जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी, नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम र अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् ।

यसैगरी, बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहः नीति र थिती संवाद उपसमितिको संयोकजमा गोपालप्रसाद पोख्रेल र गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *