संसदको नयाँ भवन फिल्म हलजस्तोः ऐन महर

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसदको नयाँ भवन फिल्म हलजस्तो देखिएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा महरले नयाँ संसद भवनको सभाहल सभाहल जस्तो नभई फिल्म हलजस्तो बनाइएको बताएका हुन् ।

उनले प्रतिनिधिसभाको गरिमा कायम राख्नुको साटो हलुका काम गर्न खोजेको भन्दै ध्यानाकर्षण गराए । उनले भने, ‘निरीक्षणका क्रममा सभामुखले यो भएन त्यो भएन भन्नुभएको थियो । तर, प्रतिनिधिसिभा फिल्म हलजस्तो बनाइएको छ । सभाहलभन्दा फिल्म हलको जस्तो कुर्सी राखिएको छ । टेबलहरू कक्षा कोठाका जस्ता छन् । प्रतिनिधिसभालाई गरिमामय हल जस्तो बनाइयोस् ।’

उनले धेरै लगानी र समय लगाएर बनाइएको भवनको सही ढंगले व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘धेरै ठूलो लगानी र समय लगाएर बनाइएको भवन, दीर्घकालीन महत्त्वको भवनलाई सही ढंगले व्यवस्थापन सञ्चलान गर्नु वाञ्छनीय हुन्छ । तर, हतारहतारमा गर्ने कार्यले क्षति हुन्छ कि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *