त्यसैगरी बी श्रेणीमा आरिफ शेख, भीम सार्की, गुल्शन झा, ललित राजवंशी र नन्दन यादव रहेका छन् ।
सी श्रेणीमा अनिल शाह, अर्जुन कुमाल, बासिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहब आलम, शेर मल्ल र सन्दीप जोरा रहेका छन् ।
यस्तै डेभलपमेन्ट श्रेणीमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, राशिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रितराज दास, युवराज खत्री, सागर ढकाल र प्रतीश जिसी परेका छन् ।
महिलातर्फ ‘ए’ श्रेणीमा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता राना मगर परेका छन् । ‘बी’ श्रेणीमा कविता कुँवर, मनीषा उपाध्याय र सम्झना खड्का समावेश छन् भने ‘सी’ श्रेणीमा बिन्दु रावल, कविता जोशी, रिया शर्मा र रुबी पोद्दार रहेका छन् ।
यस्तै डेभलपमेन्ट श्रेणीमा अनु कडायत, अश्मिना कर्माचार्य, ईश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, सावित्री धामी, सना प्रवीण, सीमा केसी, सोनी पाख्रिन, सुमन विष्ट र यशोदा विष्ट परेका छन् ।
कुन श्रेणीमा पर्ने खेलाडीको तलब कति ?
पुरुषतर्फ
ए प्लस श्रेणी :- प्रति महिना १ लाख २० हजार रुपैयाँ
ए श्रेणी :- प्रति महिना १ लाख रुपैयाँ
बी श्रेणी :- प्रति महिना ७५ हजार रुपैयाँ
सी श्रेणी :- प्रति महिना ५५ हजार रुपैयाँ
डेभलपमेन्ट श्रेणी :- प्रति महिना ३५ हजार रुपैयाँ
महिलातर्फ
ए श्रेणी :- प्रति महिना ५५ हजार रुपैयाँ
बी श्रेणी :- प्रति महिना ४० हजार रुपैयाँ
सी श्रेणी :- प्रति महिना ३० हजार रुपैयाँ
डेभलपमेन्ट श्रेणी :- प्रति महिना २५ हजार रुपैयाँ
यस्तै पुरुष र महिला क्रिकेट खेलाडीहरुले म्याच फि बापत टी-२० आईतर्फ प्रति खेल १० हजार रुपैयाँ र एकदिवसीयतर्फ प्रति खेल १५ हजार रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।
