कानुनबमोजिम आएका रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश

काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन् । सोमबार दिउँसो १ बजेसम्म सबै रिट निवेदन दर्ता गरी मंगलबार पेशीमा चढाउन उनले आदेश दिएकी छन् ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । वरिष्ठता र स्थापित परम्पराविपरीत सिफारिस गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाललगायतले सर्वोच्चमा रिट हालेका थिए । तर सर्वोच्च प्रशासनले ती रिट दरपीठ गरेको थियो ।

रजिष्ट्रारले नियतवश आलटाल गरेको भन्दै अधिवक्ता सिलवालले नेपालको संविधान २०७२ को धारा १२८(२) र धारा १३६ अनुसार अधिकार प्रयोग गरी निवेदन दिएका थिए । त्यसपछि  दर्ता गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *