काठमाडौं । नेपाली कांग्रेका सांसद अभिषेकप्रताप साहले तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठिन समितिप्रति आशंका गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद साहले गृहमन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा कयौँ प्रश्न गर्ने ठाउँ रहेको भन्दै छानबिन समितिले चोख्याउने आशंका रहेको बताएका हुन् । उनले यस्ता शंकास्पद सम्पत्ति भएका व्यक्तिबारे सरकारलाई ढाकछोपमा नलाग्न आग्रह गरे ।
उनले भने, ‘तत्कालीन गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गरेको सम्पत्ति शंकास्पद छ । उहाँको सम्पत्तिको निष्पक्ष छानबिन गरेर सार्वजनिक गरिनुपर्छ । राज्यले पर्याप्त छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ।’
उनले आयोगको गतिविधिमाथि निगरानी राख्न र उच्चस्तरीय तथा पारदर्शी छानबिन गर्न माग गरे । उनले भने, ‘संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिरहेको जनस्तरमा आशंका र चर्चा छ । कुनैपनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुन भन्दा माथि रहने उन्मुक्ति पाउनु हुँदैन । आयोगले कसैले दबाव र प्रभावमा रहेर चोख्याउने काम नगरोस् ।’
