कांग्रेसको प्रश्नः जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न कसले रोक्यो ?

काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाबारेमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आयोगका सदस्य लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । उनले प्रतिवेदन सार्वजनिक गर्न कसले रोक्यो ? त्यसबारे जानकारी गराउन माग गरेका हुन् ।

उनले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पनि औपचारिकरुपमा सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘त्यो प्रतिवेदन अझै औपचारिक रुपमा सर्वजनिक भएको छैन। कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेर सबै सांसदलाई उपलव्ध गराइयोस् ।’ उनले भदौ २३ र २४ को घटना छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *