तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् ।
स्वदेशमा नै केही गरौँ भनेर सामुहिक खेती थालिएको कृष्ण चौधरीले बताए। आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताए ।
हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए
हाल आहाना, प्रतिकिलो ८० रुपैयाँ र स्विटहनी, सरस्वती, पुजा, दिव्या जातका तरबुजा प्रतिकिलो ५० रुपैयाँका दरले गाउँमा नै बिक्री भइरहेको छ ।
गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ । तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनीहरूको योजना छ ।
