काठमाडौँ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा शनिबार धर्मदेशना (प्रवचन) तथा अमितायुस बुद्ध अभिषेक आयोजना गरिएको छ । थेगसुम छोयफेलिङ गुम्बा, स्वयम्भूमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा छोग्याल रिन्पोछेले प्रवचन दिएका थिए । कार्यक्रममा ठूलो संख्यामा बौद्धमार्गीहरुको सहभागिता रहेको थियो ।






































