एस्टन भिल्ला च्याम्पियन्स लिगमा छनोट

एजेन्सी । एस्टन भिल्ला युईएफए च्याम्पियन्स लिगमा छनोट भएको छ ।  शुक्रबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा लिभरपुललाई ४-२ गोलले हराउँदै भिल्लाले च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का  गरेको हो ।

भिल्ला पार्कमा भएको खेलमा एस्टन भिल्लालाई जित दिलाउन ओलिए वाट्किन्सले दुई गोल गर्दा मोर्गान रोजर्स र जोन म्याकगिनले समान एक/एक गोल गरे । लिभरपुलको लागि भर्जिल भान डाइकले दुई गोल गरे । खेलको ४२ औँ मिनेटमा रोजर्सले गोल गर्दै भिल्लालाई शुरुवाती अग्रता दिलाएका थिए ।

५२ औँ मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए । पाँच मिनेटपछि वाटकिन्सले गोल गर्दै भिल्लालाई फेरी २-१ गोलको अग्रता दिलाए । ७३ औँ मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३-१ गोलको अग्रता दिलाए । ८९ औँ मिनेटमा म्याकगिनले गोल गर्दै भिल्ला सहज जिततर्फ अगाडि बढेको थियो ।

यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई ४-२ गोलको स्थितिमा ल्याए । जससँगै लिभरपुल ४-२ गोलले पराजित भएको हो ।

जितसँगै एस्टन भिल्ला ३७ खेलबाट ६२ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट ५९ अंक जोडेको लिभरपुल पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *