काठमाडौँ । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । पार्टी सभापति गगन थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । श्रेष्ठ यसअघि पनि कोषाध्यक्ष थिए ।
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन

