कर्तव्य पूरा नगर्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः अध्यक्ष साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरी अध्यक्ष साम्पाङले संसदीय मर्यादा र लोकतान्त्रिक थिति बसाउन नसकेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

उनले प्रधानमन्त्रीले संसद र सार्वभौम जनताको अपमान गरेको, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री साह हलबाट बाहिरिएको र पुनः सभामा नफर्किएको, प्रतिपक्षीले संसदमा उपस्थित हुन माग गर्दा संसद्मा नआई नजिकैको कार्यालयबाट ‘लाइभ’ हेरेर बसेको, प्रधानमन्त्री नियुक्त भएदेखि आजका मितिसम्म संसद्को कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेको भन्दै राजीनामा दिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *