एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । बिहीबार राति भएको खेलमा म्याड्रिडले रियल ओभिएडोलाई २-० गोलले पराजित गरेको हो ।
घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन गोन्जालो गार्सिया र जुड बेल्लिन्घामले समान एक/एक गोल गरे । खेलको ४४ औँ मिनेटमा गार्सियाले गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए ।
८० औँ मिनेटमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई २-० गोलको जित दिलाएका हुन् । जितसँगै म्याड्रिड ३६ खेलबाट ८० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २९ अंक जोडेको दियाल ओभिएडो पुछारमा रहेको छ ।
