आर्सनललाई दबाद दिँदै म्यानचेस्टर सिटी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा क्रिस्चल प्यालेसलाई ३-० गोलले हराउँदै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँग अंकदुरी दुई अंकमा झारेको हो ।

इतिहास स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन एन्टोनी सेमेन्यो, ओमार मार्मोउस र साभिन्होले समान एक/एक गोल गरे । खेलको ३२ औँ मिनेटमा सेमेन्योले गोल गर्दै सिटीलाई शुरूवाती अग्रता दिलाएका थिए । ४० औँ मिनेटमा मार्समोउसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

८४ औँ मिनेटमा साभिन्होले गोल गर्दै सिटीलाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै सिटी ३६ खेलबाट ७७ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ७९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेको छ । पराजित प्यालेस समान खेलबाट ४४ अंक जोड्दै १५ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *