प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल, प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विपक्षी दलले सदनमा प्रधानमन्त्री बालेन साहको उपस्थितिको माग गर्दै अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्दा सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने र उठेको प्रश्नको जवाफ दिनुपर्ने अडान विपक्षीले राखेका थिए । प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अघि सारेपछि विपक्षीले आपत्ति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *