राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सुरु

काठमाडौँ ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजदेखि सञ्चालन गरेको छ । उक्त सेवा विगत १० दिनदेखि बन्द रहेको थियो ।

विभागका निर्देशक कमलप्रसाद पाण्डेले प्राविधिक समस्याका कारण यही २१ वैशाखदेखि अवरुद्ध रहेको सेवा आजदेखि सञ्चालन गरिएको बताए ।

उनले आजै एक सूचना जारी गरी भने, ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएकाले मर्मत कार्य जारी रहेकामा सो कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सुचारु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *