काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ । बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म महाधिवेशन चिनवनमा गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिएका छन् ।
उनले भने, ‘असार ७, ८ र ९ गते राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक महाधिवेशन चितवनमा हुने घोषणा भएको छ ।’ यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।
