निर्धारित समयमा काम नगर्ने १४ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ । निर्धारित समयमा काम नगर्ने १४ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

जिम्मा लिएको काम निर्धारित मितिमा पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन– २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *