एसईईको नतिजा प्रकाशित, ६६ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड भखरै सार्वजनिक गरेको नतिजा अनुसार यस पटकको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

चार लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा  २ लाख ८४ हजार १ सय ६० परीक्षार्थी ग्रेडड हुँदा १  लाख ४६ हजार ५ सय ७ परीक्षार्थी असफल भए।

यसपटक ४८ हजार ३ सय ९२ परीक्षार्थीले ३.६० जीपीएदेखि ७ जीपीए ल्याएका छन् ।

यसअघि तीन महिनाभित्र एसईईको नतिजा प्रकाशन हुँदै आएकोमा यसवर्ष भने एक महिनाभित्रै नतिजा प्रकाशित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *