एसईईको नतिजा केहीबेरमा प्रकाशित हुँदै, यसरी हेर्नुस् नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले केहीबेरमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का परीक्षा नियन्त्रक तुकराज अधिकारीले राति ९ बजेभित्रै एसईईको नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् ।

यसअघि तीन महिनाभित्र एसईईको नतिजा प्रकाशन हुँदै आएकोमा यसवर्ष भने एक महिनाभित्रै नतिजा आउन लागेको हो । यस वर्षको एसइई चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा पाँच लाख १२ हजार विद्यार्थी सभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *