काठमाडौँ । सरकारले तोकेभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई लगानी भिसा उपलब्ध गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ ।’
लगानीमैत्री कानुनका लागि आवश्यक ऐनहरू संशोधनसहित सरकारले ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने घोषणा नीति तथा कार्यक्रममा गरेको हो ।
