काठमाडौं । सरकारले करको संरचना पुनरावलोकन गर्ने भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करको संरचना पुनरावलोकन गर्ने बताएका हुन् ।
त्यस्तै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै राजस्व प्रणालीलाई उद्यमीमैत्री बनाइने भएको छ ।
राष्ट्रपति पौडेलले करका संरचनाको पुनःसंरचना गर्दै उद्यमीमाथिको भार कटौती गरिने, विभिन्न देशसँग दोहोरो कर उन्मुक्ति सम्झौता गरिने, सहकारी संस्थाको नियमन प्रभावकारी बनाउन प्राधिकरणलाई सबल बनाइने र सहकारीको कर्जा असुली गरी बचतकर्ताको बचत फिर्ता गरिन उल्लेख गरे ।
