बैंगलुरु आईपीएलको शीर्षस्थान

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग(आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई २ विकेटले हराउँदै बैंगलुरु अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो । हारसँगै मुम्बईको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । बैंगलुरुलाई जित दिलाउन कुर्नाल पान्ड्यले अर्धसतक बनाए । उनले ४६ बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ७३ रन बनाए । यस्तै जाकोब बेथेलले २७, जितेश शर्माले १८, देबदत्त पड्डिक्कलले १२, कप्तान रजत पतिदरले ८, भुवनेश्वर कुमारले नटआउट ७, रोमारियो शेफर्डले ४ र राशिक सलामले नटआउट ३ रन बनाए ।

मुम्बईको लागि कोर्बिं बोस्चले ४ ओभरमा एक मेडन राख्दै २६ रन दिएर चार विकेट लिँदा दिपक चाहारले दुई तथा एम घाजान्फ़र र राजा बावाले समान एक/एक विकेट लिए ।

यसअघि राइपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । मुम्बईको लागि तिलक वर्माले ४२ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । यस्तै नमन धिरले ४७, रोहित शर्माले २२, राज बाव ले १६ र विल ज्याक्सले १० रन बनाए ।

बैंगलुरुको लागि भुवनेश्वर कुमारले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिए । यस्टिया जोश हज्लेवुड, रासिख सलाम र रोमारियो शेफर्डले समान एक/एक विकेट लिए ।

जितसँग बैंगलुरु ११ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलबाट ६ अंक जोडेको मुम्बई नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *