सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरूबीच एकताको आवश्यकता बढेको बताएका छन् ।

आइतबार २६औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको कम्युनिष्ट एकताको आवश्यकता झनै बढेको बताएका हुन् ।

‘कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने होइन । एकता र विभाजनको थुप्रै शृङ्खला हुँदै आजसम्म आएको छ, सच्चा कम्युनिस्टको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रुपले बढेको छ ।’

उनले अन्तर्राष्ट्रिय रूपमा पनि कम्युनिस्ट आन्दोलन ठूलठूला बहस, विभाजन र एकता हुँदै अघि बढेको भन्दै एकताको महत्व बढेको बताए ।

प्रचण्डले कम्युनिस्टहरूलाई सखाप पार्न देशी विदेशी लागिपरेको दाबी समेत गरेका छन् । एकता र विभाजनका धेरै शृङ्खला हुँदै आजको दिनसम्म आएको बताउँदै अहिले एकताको आवश्यकता झनै विशेष रुपले अघि बढेको प्रचण्डको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *