काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।
बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ । यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने रास्वपाले जनाएको छ ।
