नेपाली नागरिकलाई युक्रेन भ्रमण नगर्न र भएकालाई पनि स्वदेश फर्किन बर्लिनस्थित नेपाली दूतावासको आग्रह

काठमाडौँ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेन भ्रमण नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । सूचना जारी गरी दूतावासले रुस तथा युक्रेनबीचको तनावको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको हो ।

दूतावासले कुनै नेपाली नागरिक युक्रेनमा रहेको भए यथाशीघ्र सुरक्षित र सकुशल नेपाल फर्कन समेत अनुरोध गरेको छ । त्यस्तै दूतावासले युक्रेनमा रहेका नेपाली नागरिकहरूलाई कुनै सहयोगको आवश्यकता परेमा राजदूतावाससम्पर्क राख्न अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *