काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन् । श्रम संस्कृति पार्टीमा किरातीलाई वरिष्ठ नेतासहित दोस्रो वरीयता प्रदान गरिएको छ ।
उनले श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा पाएका छन् । किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने जनाइएको छ।
