संवैधानिक परिषदको बैठकमा उपसभामुखको मौनता, सामाजिक संजालमा भने हर्क साम्पाङको रोइलो

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिसप्रति असन्तुष्टि जनाउँदै सरकारको आलोचना गरेका छन् । संवैधानिक परिषदको बैठकले चौथो वरीयतामा रहेका डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेकोमा उनले सरकारको ठूलो असफलता भएको टिप्पणी गरेका हुन् ।

उनले यो चुपचाप घण्टी छापको करामत भएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण । अध्यादेशको औचित्य पुष्टि गरेको यही होला ! चुपचाप घण्टी छापको करामत !’

त्यस्तै उनले यसलाई नीतिगत भ्रष्टाचारको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘प्रधानन्यायाधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन ? यही गर्नलाई संसद छलेर अध्यादेश ल्याको हो ! नीतिगत भ्रष्टाचारी सरकार ! पुराना भन्दा खत्तम देखियो यो सरकार प्रसंग प्रधानन्यायधीश नियुक्ति ।’

अध्यक्ष साम्पाङले सरकारको आलोचना गरेपनि श्रम संस्कृतिबाट प्रतिनिधित्व गर्ने उपसभामुख रुबीकुमारी ठाकुरले भने संवैधानिक परिषदको बैठकमा कुनै प्रतिक्रिया नजनाएको अन्य सदस्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *