काठमाडौं । प्रधानन्यायाधीशको नाम सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनको आज बैठक बस्दै छ । संवैधानिक परिषद्ले वरीयता मिचेर प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि यसबारे धारणा बनाउन बारले आकस्मिक बैठक बोलाएको हो ।
बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई बेलाइएको छ । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएका छन् । चौथो नम्बरकोलाई प्रधानन्यायाधीश सिफारिस गरिएपछि यसकाबारेमा फरक फरक टिप्पणी आइरहेका छन् ।
