काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गर्दा दुई सदस्यले असहमति जनाएका छन् ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन साहले चौथो वरियताका शर्माको नाम प्रस्ताव गरेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले असहमति जनाएका हुन् ।
प्रधानमन्त्रीज्यूले शर्माको नाम प्रस्ताव गरेपछि उनीहरुले लिखित असमति राखेका छन् । दाहाल र आङदेम्बेले विधि र स्थापित परम्पराको तर्क राख्दा प्रधानमन्त्री साहले क्षमता र योग्यताका आधारमा शर्मा नै उपयुक्त पात्र भएको जिकिर गरेका थिए ।
अध्यक्ष दाहालले मर्यादाक्रम मिचेपछि आफूले लिखित असहमति राखेको जानकारी दिए । न्याय परिषद् बैठकले वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।
