होर्मुजमा अमेरिकी ‘प्रोजेक्ट फ्रिडम’ अभियान अस्थायी रूपमा स्थगित

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै अलपत्र परेका जहाजलाई निकाल्ने अमेरिकी अभियान केही समयका लागि स्थगित गरिने घोषणा गरेका छन् ।

मंगलबार साँझ ट्रम्पले प्रोजेक्ट फ्रिडम नामक उक्त अभियान ‘छोटो समयका लागि’ रोक्ने निर्णय गरिएको बताएका हुन् । केही दिनअघि सुरु गरिएको अभियान इरानसँग सम्झौता तर्फ ‘महत्वपूर्ण प्रगति’ भएपछि आपसी सहमतिमा स्थगित गरिएको उनले उल्लेख गरेका छन्।

इरानी सरकारी सञ्चारमाध्यमले भने यसलाई आफ्नो पक्षमा भएको उपलब्धिको रूपमा व्याख्या गर्दै ट्रम्पले जलमार्ग पुनः सञ्चालनमा लगातार असफलता पछि पछाडि हटेको दाबी गरेका छन्।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्क रुबियोले इरानमा अमेरिका–इजरायलको प्रारम्भिक सैन्य कारबाही आफ्नो उद्देश्य पूरा गरेर समाप्त भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले उक्त निर्णय पाकिस्तानको अनुरोधमा गरिएको जानकारी दिएका छन्। उनले अमेरिका–इरानबीच पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको पनि बताएका छन्। यद्यपि, इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी भने यथावत रहने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *