कूटनीतिक नोट झारा टार्ने काम भो, त्यसले सीमा जोगिँदै, सेना खटाउनुपर्छः अध्यक्ष सम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । सरकारलाई खुलापत्र लेख्दै अध्यक्ष साम्पाङले नेपालको लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै प्रश्न गरेका छन् ।

उनले केवल कूटनीतिक नोट पठाएर झारा टार्ने काम भएको भन्दै नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघलाई राखेर चार पक्षीय वार्ता गरी सीमा जोगाउन माग गरेका छन् ।

उनले सेनालाई मन्त्रीहरूको व्यक्तिगत पाले बनाइएको वा ढोका खोल्ने काममा लगाइएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । उनले सिमानामा सेना नभएकै कारण सीमा मिचिएको भन्दै सेनालाई सीमा रक्षाका लागि सिमानामै खटाउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *