सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई सीके राउतको चुनौती

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई चुनौती दिएका छन् । सामाजिक सञ्जालमार्फत राउतले सार्वजनिक विद्यालय यदि सेना लगाएर सरकारी जग्गाबाट भत्काउने हो भने सेना चाहिँ कुन जग्गामा बसेको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘सार्वजनिक विद्यालय यदि सेना लगाएर सरकारी जग्गाबाट भत्काउने हो भने सेना चाहिँ कुन जग्गामा बसेको छ ? छुनै नहुने अतिसंरक्षित वन–जंगलभित्र सैकडौं हजारौं रोपनी मिचेर होइन ? गरीब सुकुम्बासी पढ्ने झुप्रो भनेर हेप्न र भत्काउन सजिलो होला, हिम्मत भए संरक्षित र संवेदनशील वनजंगल तथा क्षेत्रहरूबाट सेनाका ब्यारेकहरू भत्काएर देखाऊ, गरीबमारा सरकार।’

सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौँमा सार्वजनिक जग्गामा निर्माण गरिएका विद्यालयसमेत भत्काइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *