काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गरेका छन् ।
आज भएको छलफल सदनको कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
समिति सभापतिहरूले संसद् अधिवेशनबारे विषय उठाए पनि सभामुख अर्यालले त्यसबारे मङ्गलबार मात्रै निर्णय हुने बताएका थिए ।
छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी कुमारी, उपाध्यक्ष लिलाकुमारी भण्डारी, सङ्घीय संसद्का महासचिव, सचिवहरू र समितिका सचिवहरूको उपस्थिति रहेको थियो ।
