धिरज र मिरुनाको ‘कुस्ती’ असोज ९ देखि प्रदर्शनमा आउने

काठमाडौँ । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन् ।

निर्देशक योञ्जनले प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गरिरहेको जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने बताए ।

फिल्ममा अभिनेता धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस वर्षको ६१औँ ‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडियाु को उपाधि जित्दै टप १५ मा पर्न सफल भएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली फिल्म हो । उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *