शाब्वाबाट ट्याङ्कर अपहरण भएको यमनी तटरक्षकद्वारा जानकारी

एडेन । यमनको शाब्वाको तटमा अज्ञात हतियारधारी व्यक्तिहरूले तेल ट्याङ्करलाई नियन्त्रणमा लिई यमनी सोमाली तटतर्फ लगेका यमनी तटरक्षकले शनिबार जानकारी गराएका छन् । सरकार समर्थक तट रक्षक सैनिकहरूले एक संक्षिप्त विज्ञप्तिमा जारी गरी दक्षिणी यमनको जलमार्ग भएर इन्धन ट्याकर एम/टी युरेकालाई लगेको बताएका हुन् ।

विज्ञप्ति अनुसार आक्रमणकारीहरूले जहाजमा चढेपछि त्यसलाई नियन्त्रणमा लिएका थिए र यसको मार्गलाई एडेनको खाडीमा फर्काएका थिए।

“ट्याङ्करमा सशस्त्र अज्ञात व्यक्तिहरूले लुटपाटसमेत गरेपछि जहाजलाई नियन्त्रणमा लिन सफल भएका थिए,” विज्ञप्तिमा भनिएको छ, “अनुसन्धान जारी छ । ट्याङ्कर लुटेको रिपोर्ट प्राप्त गरेपछि तटरक्षकले नियन्त्रण गरिएको ट्याङ्करको खोजी गरेका थिए ।

एडेनको खाडीमा कार्यरत अन्तर्राष्ट्रिय साझेदार र समुद्री सुरक्षा एजेन्सीहरूसँग समन्वय स्थापित गरिएको थियो, जसले जहाजको स्थान पहिचान गर्न मद्दत गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *