यथोचित तयारी विना सुकुम्बासी बस्ती हटाउने कार्य तत्काल रोक्न नागरिक अगुवाको माग

काठमाडौ । नागरिक अगुवाहरुले सरकारले काठमाडौँसहित देशका विभिन्न भागमा सुरक्षाकर्मी परिचालन गरेर सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको घटनालाई मौलिक हकको ठाडो उल्लघंन भएको बताएका छन् ।

शनिबार ५४ जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गरी सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी डोजर चलाउनुलाई विधिको बर्खिलाप भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो कार्य संवैधानिक, कानुन र विधिको बर्खिलाप त छ नै त्यसले गम्भीर मावनीय, सामाजिक र आर्थिक संकट पनि निम्त्याएको छ । एक नाबालक र एक ज्येष्ठ नागरिकको मृत्यु हुनु केवल दुःखद घटना मात्र होइन, राज्यको चरम असंवेदनशीलता एवं मानव अधिकार उल्लघंनका दसी हुन्।’

उनीहरुले पूर्वसूचना नदिई, संवाद नगरी र उचित वैकिल्पक व्यवस्था नगरी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको परिचालन गरेर अमानवीय, क्रूर एवं आतंकपूर्ण तरिकाले सुकुम्वासीलाई हटाएको उनीहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *