बेइजिङस्थित नेपाली दूतावासमा बुद्धजयन्तीकाे विशेष समारोह

बेइजिङ (चीन)। बेइजिङस्थित नेपाली दूतावासले २५७०औँ बुद्धजयन्तीको अवसरमा दूतावास परिसरमा विशेष समारोह आयोजना गरेको छ ।

बिहीबार बिहान आयोजित कार्यक्रममा कार्यवाहक नेपाली राजदूत रोशन खनालले बुद्धजयन्तीको महत्वबारे प्रकाश पार्दै  उक्त दिन भगवान् बुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाणसँग सम्बन्धित पवित्र दिन भएको उल्लेख गरिन् । उनले लुम्बिनीको महत्वमाथि प्रकाश पार्दै बुद्धका शिक्षाले विश्वमा शान्ति, सद्भाव, उदारता र दुःखबाट मुक्ति दिलाउने सन्देश दिने बताइन् ।

कार्यक्रममा चीन बुद्धिष्ट एसोशियनका उपाध्यक्ष छाङ् चाङले नेपाल र चीनबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै बौद्ध धर्मले दुई देशबीचको जनस्तरको सम्बन्धलाई मजबुत बनाएको बताए । उनले नेपाललाई भगवान् बुद्धको जन्मभूमिका रूपमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको श्रद्धाको केन्द्र भएको उल्लेख गरे ।

कार्यक्रममा भिक्षुहरूले शान्ति र सद्भावका लागि प्रार्थना गरेका थिए। त्यसपछि योग तथा सिङ्गिङ बाउल ध्यान सत्र गुरु रमेश सिटौलाले सञ्चालन गरेका थिए । सहभागीहरूलाई नेपाली शाकाहारी परिकार प्रसादका रूपमा वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधि, विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, बेइजिङस्थित नेपाली समुदाय तथा चिनियाँ मित्रलगायत करिब १२० जनाको उपस्थिति रहेको थियो ।

बुद्ध धर्मसम्बन्धी भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *