तीन प्रदेशमन्त्रीसहित सात नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाली कांग्रेसले गत फागुन २१ को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने सात सांसदलाई स्पष्टीकरण सोधेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले तीन प्रदेश मन्त्रीसहित सात जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *