सुकुम्बासीको लगत संकलनबारे सेनाको दुई बुँदे स्पष्टीकरण

काठमाडौं । नेपाली सेनाले देशभरका सुकुम्बासीको लगत संकलनकाबारेमा आफना धारणा सार्वजनिक गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी धारणा सार्वजनिक गरेको हो ।

सेनाले विगतका वर्षका विपद्का घटनालाई समेत मध्यनजर गर्दै नजिकिँदै सम्भावित बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिमलाई ध्यान दिएर मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारीको योजना गर्दै आएको बताएको छ ।

उसले विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्र्थापनाका कार्यलाई सहज बनाउने उद्देश्यसाथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्याङ्क अद्यावधिक गरिएको दाबी गरेको छ । सेनाले विभिन्न पालिकाहरुलाई पत्र लेख्दै सुकुम्बासीहरुको लगत मागेपछि सेनाको आलोचना भइरहेको छ ।

जेनजी आन्दोलनमा आफ्नो आँखै अगाडि राज्यका संरचना जल्दा चुप बसेको सेना सुकुम्बासी बस्ती हटाउने क्रममा भने परिचालन भएको देखिएको थियो । त्यसपछि सेनामाथि आलोचना भइरहेको छ । यसरी आफूमाथि आलोचना भएपछि सेनाले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *