सरकारलाई अध्यादेश फिर्ता लिई अधिवेशन बोलाउन विपक्षी दलहरुको आग्रह

काठमाडौं । विपक्षी दलहरूले सरकारलाई अध्यादेश फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश फिर्ता गरी तत्काल संसद् अधिवेशन बोलाउन माग गरेका हुन् ।

त्यस्तै बैठकले सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन् ।

बैठकको निर्णयमा भनिएको छ, ‘उपरोक्त अध्यादेशहरु अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं । साथै सम्माननीय राष्ट्रपति समक्ष सिफारिस भई गएका अध्यादेशहरु संसद छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्वीकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौं । त्यस्तै स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्ब आव्हान गर्न जोडदार माग गर्दछौं ।’

बैठकमा कांग्रेस, एमाले, नेकपा, राप्रपाका सांसद उपस्थित थिए । श्रम संस्कृति पार्टी भने सहभागी भएको थिएन् । सरकारले संवैधानिक परिषद् र सरहकारीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । त्यसप्रति विपक्षी दलले विरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *