काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारलाई विधिको शासन स्थापित गर्न सुझाव दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत अर्यालले जनताले विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको भन्दै शासनकर्ता नबन्न सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको हो। शासनकर्ता होइन, सहजकर्ता बनौं। शास्त्र भन्छ, मानव जीवात्मा पनि परमात्माकै अंश हो।’
