काठमाडौं । विश्वका आदिवासी जनजातिहरूले अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइरहेका छन् ।
दिवसका अवसरमा काठमाडौंको खुलामञ्जमा विशेष कार्यक्रम आयोजना गरिएको छ । आदिवासी जनजाति समुदायहरू झाँकीसहित भृकुटीमण्डपबाट भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै खुलामञ्चमा पुगेका छन् ।
तस्बिरः हरिराम भेटुवाल










