‘भोट दिएको हुँ’ भन्ने आधारमा दबाब वा प्रभावमा काम नगर्ने मन्त्री वादीको प्रतिवद्धता

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव र प्रतिवद्धता सार्वजनिक गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा काम नगर्ने बताएकी हुन् । उनले कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकतामा राखेको काम गरेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म आफैं तपाईंहरूसँग उभिन प्रयास गर्नेछु । मलाई विश्वास छ—सुशासन केवल सरकारको नीतिले मात्र होइन, नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुन्छ। हामी सबै मिलेर मात्र वास्तविक परिवर्तन सम्भव छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *