काठमाडौँ । सरकारले देशभरका सुकुम्बासी बस्ती हटाइरहेका बेला श्रम संस्कृति पार्टीले भने उनीहरुलाई संगठित गर्ने अभियान चलाउने भएको छ ।
पार्टी अध्यक्ष हर्क साम्पाङले देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई संगठित गर्ने अभियान संचालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरुलाई निर्देशन दिएका छन् ।
उनले भनेका छन्, ’देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई संगठित गर्ने अभियान देशैभरि संचालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरुलाई अनुरोध छ ।’
उनले सरकारको चाला ठिक नभएको भन्दै सुकुम्बासीहरुलाई संगठित भई बस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हो… होसियार रहनु है ! संगठित भै बस्नु ! सरकारको चाला ठिक छैन ! श्रम संस्कृति अभियान्ता हो… निर्धा दुब्ला र गरीबहरुको पक्षमा उभिनु !’
अध्यक्ष साम्पाङले समय नै नदिई सुकुम्बासी बस्ती हटाएको भन्दै सरकारको विरोध गर्दै आएका छन् ।
