काठमाडौँ । ओखलढुङ्गाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको भन्दै आक्रोश पोखेका छन् ।
पोखरेलले जिल्लाको एक विद्यालयमा पुग्दा प्रधानाध्यापक गेटसम्म स्वागत गर्न नआएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएको भिडियो सार्वजनिक भएको हो । आफू २९ वर्षसम्म नेपाल सरकारको विशिष्ट श्रेणीमा बसेर काम गरेको अनुभव सुनाउँदै उनले मर्यादा र प्रोटोकलको विषय उठाएर प्रधानाध्यापकमाथि आक्रोश पोखेका छन् ।
हेर्नुस् भिडियो
