टी-२० सिरिज : युएईद्वारा नेपाललाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । काठमाडौंमा जारी टी-२० सिरिज अन्तर्गत जारी दोस्रो खेलमा युएईले नेपाललाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा युएईले नेपाललाई जितको लागि १ सय २९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको हो । युएईको लागि अक्श्दिप नाथले अर्धसतक बनाए । उनले ४२ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५३ रन बनाए । यस्तै मुहम्म अर्फानले ३२, अदिप उस्मानीले ३० रनको योगदान गर्दा अन्य ब्याट्स्म्यानले दोहोरो अङ्क छुन सकेनन् ।

नेपालको लागि सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर तीन विकेट लिए । यस्तै हेमन्त धामीले दुई विकेट लिँदा नन्दन यादव र शाहब आलमको नाममा एक/एक विकेट रह्यो ।

अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *