यात्रुलाई दुःख दिएको आरोपमा त्रिभुवन विमानस्थल परिसरबाट १८ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । विमानका यात्रुलाई दुःख दिएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विमानस्थल परिसरबाट यात्रुलाई जबरजस्ती तान्ने, हैरानी दिने, विभिन्न प्रलोभनमा पारी आफ्नो सम्पर्क भएको होटेलमा लगिदिने र त्यसबापत ‘कमिसन’ लिने उनीहरूमाथि आरोप छ ।

पक्राउ पर्नेमा सर्लाहीका सूर्य माझी, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेम कुमार मगर, सिन्धुलीका राजकुमार राई, मकवानपुरका मगलमान घलान, पाँचथरका खगेन्द्र लिम्बू, मोरङका आशिस खतिवडा, मकवानपुरका विश्व मोक्तान, धनुषाका वीरेन्द्र झा, सिरहाका लडा मिया, मोरङका पर्शुराम राई, रामेछापका सन्तु तामाङ, धनुषाका रघुवीर साह, महोत्तरीका राजिब कुमार रावत, धनुषाका सरोज कुमार महतो, मकवानपुरका अजय लामा, झापाका केशव लिम्बू, बझाङका रामप्रसाद जोशी र बझाङका विमलराज जोशी छन् ।

उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *