बाग्मतीका मुख्यमन्त्री बानियाँ पिकनिक खान हेलिकप्टरमा सिरहा सररर…(भिडियो)

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकोप्टर चढेर पिकनिक खान सिरहा पुगेका छन् । सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको पिकनिक खान सिन्धुपाल्चोकबाट हेलिकप्टर चढेर सिरहा पुगेको भन्दै सामाजिक सञ्जाल संजालमा आलोचना भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा बिहीबार सभापति यादवले धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा पिकनिक आयोजना गरेका थिए । मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट सिरहा पुगेका थिए ।

चर्को आलोचना भएपछि उनको सचिवालयले भन्दै आफ्नै खर्चमा हेलिकप्टर चढेको दाबी गरेको छ । जे जस्तो दाबी गरे मुख्यमन्त्रीको तुजकु चाहिँ मान्नैपर्छ ।

भिडियोः अर्जुन थपलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *