महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरेपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिको लागि अनुरोध गरिएको छ ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनको मिति तोकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *