शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से ५.७० अंकले बढेको छ । आज होटल, नीर्जीवन बीमा र व्यापार समूह बाहेक सबै समूहको सूचक बढेका छन् । आज ४ अर्ब माथिको कारोबार भएको छ ।

आज स्वस्तिक लघुवित्तको सेयरमा १० प्रतिशतको बृद्धि भयो । आज लगानीकर्ताले युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार गरेका छन् । यो कम्पनीको २२ करोडको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *